काठमाडौं, १५ असोज । ज्योतिष खगेन्द्र पोखरेलले नेपालमा आगामी मंसिर १२ गतेदेखि पुस २७ गतेभित्र वितण्डा हुनसक्ने भविष्यवाणी गरेका छन् । हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले त्यो समयमा विशेष ख्याल गरिनुपर्ने बताए ।
उनले भने,‘नेपाल चन्द्रग्रहण भएको देश हो । यहाँका मान्छेका मन एकदमै चञ्चल छ । स्थिरता छैन । जतिसुकै सुखमा राख्न खोजेपनि त्यो सुखबाट माँत्तिनेखालको छ । यो सबै गराएको चन्द्रमाले हो । चन्द्रमा आँफैमा मनकारक ग्रह पनि हो । मन नै चञ्चल भएपनि जनतालाई के गरौं, के गरौं त भइहाल्छ । चन्द्रग्रहणको प्रभावले गर्दा यस्तो स्थिति आए, अब सूर्यग्रहणको नकारात्मक प्रभाव देखिनेबित्तिकै राष्ट्रपतिलाई पनि संकट आउनसक्छ । अब हामीले जोगाउनुपर्ने समय भनेको मंसिर १२ गतेदेखि पुसको २७ गतेभित्र हो, यस्ताखालका योगहरु बन्दैछन् जुन योगहरुले अझैपनि मुलुकमा वितण्डा मच्चिन सक्छन् । राष्ट्रपति आँफैमा पनि धराप सिर्जना हुनसक्छ ।’




प्रतिक्रिया