काठमाडौं, १५ असोज । वरिष्ठ चिकित्सक प्रा.डा. युवराज शर्माले दशैंको बेलामा मासु खाँदा स्वस्थकर मासु खानको लागि सुझाव दिएका छन् । प्राइम टिभीको दशैंविशेष हेल्थ टिप्स कार्यक्रमको लागि संक्षिप्त प्रतिक्रिया दिँदै डा. शर्माले स्वस्थ मासुलाई राम्रोसँग पकाएरमात्रै खानको लागि सुझाव दिएका छन् । उनले दशैंमा अलिक चिल्लो कम गर्नपनि आग्रह गरेका छन् ।
डा. शर्माले भने,‘दशैंको बेलामा मासुका परिकार खाँदाखेरि एउटा त के ध्यान दिनुपर्यो भने एउटा त मासु स्वस्थकर हुनुपर्यो, र ताजा मासु हुनुपर्यो । बासी र धेरै दिनसम्म बाहिर राखिएको, सडेगलेको मासुहरु प्रयोग गर्नुभएन । मासु खाँदा ठिक्क ठिक्क सेवन गर्ने, आफूले पचाउन नसक्ने किसिमले खानु उचित हुँदैन । नपच्नेगरि खाँदाखेरि भोलि गएर मान्छेलाई पेट दुख्ने, वाकवाक हुने, डाइरिया हुने, भमिट हुने, त्यसरी विभिन्न किसिमको लक्षण हुनसक्छ, कतिपय मान्छेहरु दशैंको बेलामा खानालाई राम्रोसँग व्यवस्थापन गर्न नसकेर इमर्जेन्सीमा अस्पताल आएको पाईन्छ । त्यसैले मैले के भन्न चाहें भन्दाखेरि मासुको सेवन गर्दा एक त मासु स्वस्थकर हुनुपर्यो, अर्को मासु पकाउँदा राम्रोसँग पाकेको हुनुपर्छ, चिल्लो कम भएको राम्रो ।’




प्रतिक्रिया