सिंहदरबारको आगो निभाउन सबभन्दा पहिला काठमाडौं महानगरको दमकल पुगेको थियो : राजुनाथ पाण्डे


काठमाडौं, १५ असोज । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेन–जी आन्दोलनको क्रममा सिंहदरकारको आगो निभाउन सबभन्दा पहिला काठमाडौं महानगरको दमकल पुगेको दाबी गरेका छन् ।

भदौ २४ गतेको आन्दोलनको क्रममा सिंहदरबार, संसद् भवनलगायतका राष्ट्रिय सम्पदा जलाईँदा महानगरको दमकन नपुगेको भनेर मेयर बालेन्द्र शाहको आलोचना भइरहेको बेलामा नगर प्रहरी प्रमुख पाण्डेले आज यस्तो दाबी गरेका हुन् ।

पाण्डेले फेशबुकमार्फत यस्तो दाबी गरेका हुन् । र, सिंहदरबारको आगो निभाउन काठमाडौं महानगरको दमकल पहिला पुगेको कुरामा पत्यार नलागे नेपाली सेनासँग सोध्नु भनेका छन् ।