काठमाडौं, १५ असोज । पत्रकार विजय पौडेल कान्तिपुर टेलिभिजनबाट बाहिरिएका छन् । उनले अबदेखि आफू कान्तिपुरकर्मी नभएको पनि स्पष्ट पारेका छन् । उनले क्रिकेटर सन्दीप लामिछानेबारे कान्तिपुर टिभी डटकममा प्रकाशित एक समाचारको विषयलाई लिएर व्यवस्थापन टिमले प्रश्न उठाएपछि नैतिक जिम्मा लिएर राजीनामा दिएका हुन् ।
कान्तिपुरका प्रवन्ध निर्देशक सम्भव सिरोहियाले लामिछानेसँग सम्बन्धित समाचारको विषयमा सार्वजनिक रुपमै समाचार प्रमुखमाथि प्रश्न उठाएका थिए । तर, विजयले आज आफ्नो राजीनामा दिँदै सो समाचार टिभीका समाचार उपप्रमुखले स्वीकृति दिएपछि टिभीको अनलाईनमा प्रकाशित भएको खुलासा गरेका छन् । Photo Source: Kantipur TV







प्रतिक्रिया