काठमाडौं, १५ असोज । नेपाल क्रिकेट संघले हालै युएईमा भएको वेष्ट इन्डिजविरुद्धको T20I खेलमा सन्दीप लामिछानेलाई निलम्बनमा राखिएको खुलाएको छ । क्यानका सचिव पारख खड्काले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै यस्तो स्पष्ट पारेका हुन् ।
वेष्ट इन्डिजविरुद्धको पहिलो खेलमा खेल सुरु हुनुभन्दा ४५ मिनेटअघि सन्दिपले म्याच नखेल्ने निर्णय लिएको र उनको सो निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी र समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्ने भएको हुँदा बाँकी खेलमा उनलाई प्रतिबन्ध लगाईएको खड्काले स्पष्ट पारेका छन् ।





प्रतिक्रिया