चाडपर्वले राष्ट्रिय एकताको भावना बलियो बनाउने


काठमाडौँ, १६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चाडपर्वका माध्यमबाट राष्ट्रिय एकताको भावना बलियो बनाउन मद्दत पुग्ने बताएका छन् ।

बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गर्दै पूर्वप्रधानमन्त्री नेपालले विविधताबीचको एकता नेपालीको विशेषता भएको उल्लेख गरेका छन् ।

साथै उनले मौलिक चाडपर्वको संरक्षणमा जोड दिँदै दसैँजस्ता पर्वले सामाजिक सहिष्णुता, आपसी मेलमिलाप तथा राष्ट्रप्रतिको प्रेम प्रवद्र्धन गर्न बल मिल्ने विश्वास व्यक्त गरेका छन् । रासस ।