नेपालको निजी क्षेत्रको आत्मबल बढाउनुपर्छ, अहिले मनोवल खस्किएको छ :डा. नेपाल (भिडिओ सहित)


काठमाडौं,१७ असोज । नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपालले अहिले नेपालको निजी क्षेत्रको मनोवल एकदमै खस्किएको अवस्था रहेको चित्रण गरेका छन् । उनले भने,”अहिले नेपालको अर्थतन्त्रको निजी क्षेत्रको आत्मविश्वास खस्किएको छ, नेपालको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा निजी क्षेत्रको दायित्व छ । निजी क्षेत्रको आत्मवल नबढिकन हुँदैन । निजी क्षेत्रको प्रारम्भिक अनुमान पनि उनीहरुले गरेका छन्, निजी क्षेत्रले पनि प्रारम्भिक अनुमान गरेका छन्, जिडिपीको ५ प्रतिशत भनेको करिब ३ खर्बको क्षति भएको छ । सरकारले पनि अनुमानकोलागि कमिटीनै गठन गरेको छ। क्षति चाहीँ खरबौंमा छ । निजी क्षेत्र र लगानीकर्ताहरुको आत्मविश्वास बढ्नुपर्छ ।”

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले नेपालको विदेशी सञ्चिति करिब ३० अरब डलरबराबरको रहेकोले यसले करिब १६ महिनाको वस्तु र सेवा धान्नसक्ने अवस्था रहेको सुनाए । उनले नेपालको बाहृय क्षेत्र राम्रो भएको तर पनि उठ्न नसकेको सुनाए ।