काठमाडौं, असोज १८ । हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेका कारण विभिन्न स्थानमा भारी वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंलगायत केही स्थानमा रात भर वर्षा भएको छ ।
आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।विभागले आज राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका अधिकांश स्थानमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना जनाएको छ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।




प्रतिक्रिया