मैले फेरि विवाह गर्ने सोचेको छैन : गायिका पौडेल (भिडिओसहित)


काठमाडौं, १७ असोज । लोकप्रिय गायिका मञ्जु पौडेलले नेपालका जेन–जी पुस्ताले देशमा परिवर्तन चाहेको बताएकी छिन् । आफ्नो घरमा पनि छोरी जेन–जी पुस्ताबाट भएकोले राजनीतिक विषयमा पनि धेरथोर बहस हुने गरेको पौडेलले स्मरण गराईन् ।

हिजो (बिहीबार) प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अब जेन–जी पुस्ताको आन्दोलन पनि सुरक्षित अवतरण हुने विश्वास दिलाईन् । जेन–जी आन्दोलन युवाहरुको भावनाहरुको एकीकृत विस्फोटन भएको उल्लेख गर्दै आफू परिवर्तन रुचाउने व्यक्ति भएको पनि उनले स्पष्ट पारिन् ।

आफ्नो निजी जीवनको सवालमा भने उनले अहिले फेरि विवाह गर्ने कुनै चाहना वा तयारी नगरेको स्पष्ट पारिन् । उनले आफ्नो लागि सबै दर्शक तथा श्रोता, संगितकर्म नै परिवार भएको बताईन् ।

यद्धपी जीवनमा कहिलेकाहीँ एक्लो महसुस हुने गरेको पनि उनको भनाई छ । उनले आफूले विवेकले भ्याएसम्म कुनै गल्ती नगरेको स्पष्ट पारिन् । गायिका पौडेलले आफूले कहिल्यैपनि कसैलाई नकारात्मक तरिकाले व्यवहार नगरेको विश्वास दिलाईन् ।