विमानस्थल दुई घण्टाको लागि बन्द


काठमाडौं, असोज १८ । प्रतिकुल मौसमका कारण त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान बन्द भएका छन् । देशका विभिन्न भागमा जारी वर्षाका कारण मौसम प्रतिकुल बनेको, उडानका लागि चाहिने दृश्य क्षमता कमजोर र इनरुट वेदरमा देखिएको समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई घण्टाको लागि बन्द गरिएको छ ।

भारी भर्षाका कारण देशभर यातायात अबरूद्ध भएको छ । साथै मौसम बिग्रिएपछि हवाई उडान पनि बन्द भएको हो । उडान रोकिएपछि विमानस्थलमा यात्रुको भिड लागेको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित रहेको विमानस्थल कार्यालयले जनाएको छ ।