काठमाडौं, १८ असोज । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले वर्तमान सरकारले चाहँदाखेरि जनताको चाहनाअनुसार काम गर्नसक्ने बताएका छन् । तर, काम गर्ने वा नगर्ने भन्ने कुरा यो सरकारको इच्छाशक्तिमा भरपर्ने उनको भनाई छ ।
आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अहिलेको सरकार गैरजेनजीहरुको भएकोले यो सरकार जेनजीहरुको भावनअनुसार चल्छ भनेर कल्पना गर्न नहुने टिप्पणी गरे ।
आफूले त जेनजी उमेर समूहको नै मन्त्रिमण्डल बनाउन भनेको पनि केसीले स्मरण गराए । उनले भने, तर यो परीणामले के देखायो भने जेनजी विद्रोहको मुख्य आशय भनेको केपी ओलीलाई हटाउनुमात्रै थियो, व्यवस्था त्यही रहने, उमेरसमूह त्यही रहने, अनि के को जेनजी समूह हुने ? जबसम्म यो स्पष्टता हुन्छ, यो कुहिरोको कागले केही पनि ल्याउँदैन् । बरु, समाजमा द्धन्द्धको अवस्था देखापर्छ । त्यसले मुलुकलाई अप्ठ्यारो पार्नेबाहेक केही पनि गर्दैन् ।




प्रतिक्रिया