लामो दूरीका अनावश्यक यात्रा नगर्न एमाले महासचिवको सुझाव


काठमाडौं, १८ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निरन्तर वर्षा भैरहेकोले सचेत रहन आम जनतामा अपिल गरेका छन् । सचेत रहँदै सचेत बनाउनको लागि उनको अपिल छ । उनले अहिले लामो दूरीको अनावश्यक यात्रासमेत नगर्न भनेका छन् । खोलानाला तथा नदी किनारामा नजानसमेत भनेका छन् ।

पोखरेलले फेशबुकमा लेखेका छन्-

सचेत रहौं, सचेत बनाऔं
निरन्तर वर्षा भइरहेको छ र मौसम पूर्वानुमान अनुसार देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तो अवस्थामास्
खोलानाला तथा नदी किनारमा नजानुहोस्।
लामो दूरीको अनावश्यक यात्रा नगर्नुहोस्।
जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानतर्फ सर्नुहोस्।
भारी वर्षाका कारण बाढी, पहिरो र डुवान जस्ता विपद् आउन सक्ने सम्भावना भएकाले सबैलाई पूर्वतयारीमा रहन अनुरोध गर्दछौं। साथै, आवश्यकता अनुसार राज्यका सरोकारवाला निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीहरूलाई विशेष अनुरोध गर्दछौं।
नेकपा९एमाले०