काठमाडौं, २० असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता नैनसिंह महरले प्राकृतिक विपद्को समयमा आफ्नो पार्टी पँक्ति उद्धारमा खटिएको बताएका छन् । अविरल वर्षाको कारण देशभरि आएको बाढी÷पहिरो र डुवानबाट क्षति कम गर्नको लागि राहत, उद्धारको लागि कांग्रेस खटिएको उनको भनाई छ ।
हिजो (आइतबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । महरले आफूले गत एक वर्षदेखि पार्टी पूनर्गठनको आवाज उठाउँदै आएको पनि स्मरण गराए । बहुदलीय व्यवस्थामा वडा सदस्यदेखि प्रधानमन्त्रीसम्म अपवादबाहेक पार्टीका मान्छे पुग्ने भएकोले योग्य र सक्षम व्यक्ति नेतृत्वमा पुग्नुपर्ने उनको जोड छ ।
जेनजी आन्दोलनको चर्चा गर्दै उनले पहिलोपटक जनताले बनाएका संरचना भत्काएर परिवर्तन खोजिएको महरको भनाई छ । देशका राष्ट्रिय संरचना भत्काउने काममा पार्टीका नेताहरुको संलग्नता नभएको उनको दाबी छ । तर, यदि त्यस्तो पाईए छानबिन समितिले तथ्य बाहिर ल्याउनुपर्ने र कारबाही हुनुपर्ने उनले माग गरे । उनले जेनजी पुस्ताको आन्दोलन परिवर्तनको लागि थियो भन्ने स्मरण गराए । तर, आन्दोलनमा घुसपैठ भएको हुनसक्ने उनले अनुमान गरे ।




प्रतिक्रिया