आज भियतनाम जाँदै राष्ट्रिय फुटबल टोली


काठमाडौं, असोज २१ । एएफसी एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम प्रस्ताहन गर्दैछ । नेपालले भियतनामसँग होम र अवे दुवै खेल खेल्नेछ भने दुवै खेल नेपालले भियतनाममा नै खेल्नेछ । खेल असोज २३ र २८ गते हुनेछ ।

समूह ‘एफ’ मा रहेको नेपालले यसअघि लाओससँग २–१ र मलेसियासँग २–० को हार बेहोरेको थियो । यही कारण छनोटको लागि भियतनाम विरूद्धको खेल निकै महत्वपूर्ण रहनेछ । नेपालले पछिल्लो पटक तयारीको क्रममा बंलादेशसँग दशरथ रङ्गशालामा मैत्रिपुर्ण खेल खेलेको थियो । खेल बराबरीमा सकिएको थियो । दोस्रो खेल जेन–जी प्रदर्शनको कारण हुन सकेन । टोलीका कप्तान किरण चेम्जोङ र लाकेन लिम्बु सिधै भियतनाम पुग्ने बताइएको छ । टोलीमा २३ खेलाडी, प्रशिक्षणसहित ४० जना रहेको छ ।