‘प्रतिशोधको राजनीति’ नगर्न महेश बस्नेतको चेतावनी, भने–’अनावश्यक हर्कत गरे ठूलो मूल्य चुकाउनु पर्ला’


काठमाडौं, असोज २१ । नेकपा (एमाले) का नेता महेश बस्नेतले वर्तमान सरकारलाई ‘प्रतिशोधको राजनीति’ नगर्न कडा चेतावनी दिएका छन्।

नेता बस्नेतले सामाजिक सञ्जालमार्फत आफू र आफ्ना विचार मन नपराउने व्यक्तिहरूलाई तारो बनाउने, घरमाथि आक्रमण गर्ने प्रयास गर्ने र फरक विचार राख्नेहरूलाई गिरफ्तार गर्नेजस्ता ‘अनावश्यक हर्कत’ गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन्।

उनले विशेषगरी सुदन गुरुङ, उनका ‘मतियारहरू’, र ‘निजी कम्पनीजस्तो बनेको’ गृह मन्त्रालय भन्दै आक्रोश पोखेका छन्।बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, “आफूलाई मन नपरेको व्यक्तिका घरहरूमाथि आक्रमण गर्ने र फरक बिचार राख्ने व्यक्तिहरुलाई गिरफ्तार गर्ने भनेर सोसियल मिडियामा ट्रेन चलाउने, मिडिया ट्रायल गर्ने अनि प्रहरी प्रशासनमा डेलिगेसन गएको नाटक गर्ने सुदन गुरुङ, यसका मतियारहरु र यिनीहरूको निजी कम्पनी जस्तो बनेको गृह मन्त्रालयले प्रतिशोध साँधेर अनावश्यक हर्कत गर्यो भने ठूलो मूल्य चुकाउनुपर्नेछ। यो हेक्का राखेर कदम चाल्न हुन सरकारलाई भन्न चाहन्छु।”