काठमाडौं, असोज २१ । जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ नगरे ‘सडकबाटै देखाइदिन्छौँ’ भनेर धम्की दिएको समाचार झुटो भएको बताएका छन्।
उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘नक्कली समाचार चेतावनी : यो सत्य होइन र हाम्रो आधिकारिक च्यानलबाट प्रमाणित समाचार मात्र विश्वास गर्नुहोस् । ‘सडकबाटै देखाइदिन्छौँ’ भन्दै सुदन गुरुङको टिमले धम्की दिएपछि काठमाडौं उपत्यका प्रहरी परिसरले सुरक्षाको कारण देखाउँदै सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई फिर्ता बोलाएको छ।’
जेन-जी अगुवा गुरुङको समूहले पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता गर्न प्रहरीलाई दबाब दिएपछि प्रधानमन्त्री कार्कीले सुरक्षा अंगका प्रमुखहरुसँग छलफल गरेकी छन्। जेनजी समूहले जाहेरी दर्ता गर्न दबाब दिएसँगै काठमाडौंमा प्रहरीलाई हाइ अलर्टमा राखिएको छ। काठमाडौंका संवेदनशील ठाउँमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।




प्रतिक्रिया