काठमाडौं, असोज २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा ‘श्रद्धा सुमन सभा’ गर्ने भएको छ ।
रास्वपाले आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा पर्सी बिहीबार साँझ ६ बजे श्रद्धा सुमन सभा गर्न लागेको हो । पार्टी प्रवक्ता मनिष झाका अनुसार काठमाडौंको माइतीघर र पार्टीको केन्द्रीय कार्यालयसहित वडास्तरमा स्मृति सभाको आयोजना गरिने छ ।
सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा मृत्यु भएकालाई शहीद घोषणा गरेको छ।




प्रतिक्रिया