काठमाडौं, २१ असोज । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले देशमा चाँडै संवैधानिक राजसंस्थासहितको व्यवस्था आउन लागेको दाबी गरेका छन् । उनले जेनजी आन्दोलन पश्चिमाहरुको डिजाईनमा भएको आरोप लगाएका छन् । उनले बालेन शाहलाई लुिसफरको संज्ञा दिएका छन् । उनले नेपाली जनतालाई केही समय प्रतिक्षा गर्न भनेका छन् । त्यसपछि देशमा २०४७ सालको संविधान नै पूनःस्थापना हुने दाबी गरेका छन् ।
उनले भनेका छन्,‘प्रतिक्षा गर्नुस्, बौद्ध, किराँत सहितको बैद्विक सनातन हिन्दु अधिराज्य नेपाल बनाउन, २०४७ सालको संबिधान पुनःस्थापना गर्नु छिमेकी मुलुकका लागि पनि र नेपालीहरुका लागि पनि अपरिहार्य भएको छ, त्यसैले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउँदै छ, हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहनुहोला।’
उनले फेशबुक पेजमा लेखेका छन्–
नेपाली जनताले अहिले पनि नचेते कहिले चेत्ने ? हिजोको राजाको शासन एक पटक सम्झिनुस ! गणतन्त्र हुदै गिरिजा, देउवा, प्रचण्ड, ओली हुदै आज जिएनजी आन्दोलनको नाममा पश्चिमाहरुको डिजाइनमा बालेन जस्ता लुसिफर र सुशिला कार्कीको सरकार,त्यसमा पनी नेपाली सेना, प्रहरी र कर्मचारीलाई ठाडो निर्देशन दिएर हिड्ने सुदन गुरुङ्ग ! भनेपछी देश कहाँ पुग्यो र देश लाई कहाँ लगिदै छ? त्यहि भएर धैर्य गर्नुस राजा,देउता,धर्म र संस्कृती खोपीमै भए पनि चाहिदो रहेछ, प्रतिक्षा गर्नुस् ! बौद्ध, किराँत सहितको बैद्विक सनातन हिन्दु अधिराज्य नेपाल बनाउन, २०४७ सालको संबिधान पुन:स्थापना गर्नु छिमेकी मुलुकका लागि पनि र नेपालीहरुका लागि पनि अपरिहार्य भएको छ, त्यसैले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउँदै छ, हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहनुहोला !!! साथै लघुवित्त पिडित, सहकारी पिडित, बैंकबाट कालो सुचिमा परेका र घरबार लिलाम भएका सम्पुर्ण अभियान्ताहरुलाई काठमाडौँ केन्द्रित भई देशै भरी आन्दोलनका लागि तयार रहन अनुरोध गर्दछु ।




प्रतिक्रिया