काठमाडौं, २१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री सुशीला कार्कीले विदेशी राजदूतावास केन्द्रीत भएर सरकार चलाएको टिप्पणी गरेका छन् । उनले देश विधिको शासनमा चलाउनका लागि प्रधानमन्त्री कार्कीलाई सुझाव दिएका छन् । नेता शाहीले जेन–जी आन्दोलनको म्यान्डेट नबिर्सन, सहिद, घाइते र पीडित परिवारलाई न्याय दिन पनि सरकारसमक्ष आग्रह गरेका छन् ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू देश विधिको शासनमा चलाउनुहोस् । आन्दोलनको म्यान्डेटलाई नबिर्सिनुहोस्, शहीद,र घाइते एवं पीडितलाई न्याय दिनुहोस् । यो देश कुनै एउटा समूह, कुनै एउटा व्यक्तिको होइन, यो सबैको साझा मुलुक हो। त्यसैले विदेशी राजदूतावास केन्द्रित भएर कसैको दवाबमा परेर सरकार चलाउने होइन। विधिको शासन र न्यायिक प्रक्रिया मिलाएर सरकार चलाउने हो,’– सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।




प्रतिक्रिया