काठमाडौं, २१ असोज । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बैठक बसिरहेको हो । परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था रहेको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार बैठकमा बाढी–पहिरोपीडित परिवारलाई राहत उपलब्ध गराउने, बाढीपहिरोका कारण क्षति भएका संरचनाको पुनर्निमाण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्थालगायत ९ वटा एजेण्डामा छलफल हुनेछ ।






प्रतिक्रिया