हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछ, हिंसात्मक गतिविधिमा संलग्नले कानूनबमोजिम सजाय भोग्नुपर्छः सुदन गुरुङ


काठमाडौं, २१ असोज । हामी नेपालका संस्थापक एवं जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले आफूहरुको नाम प्रयोग गरी अपराधिक गतिविधि भड्काउने काम भइरहेको बताएका छन् । उनले आफूहरु सिंसात्मक गतिविधिमा विश्वास नगर्ने र त्यस्तो कार्ग कार्य गर्ने जोकोहीले कानूनबमोजिम सजाय भोग्नुपर्ने बताएका छन् ।

गुरुङले आफूहरुको आन्दोलन यसअघि पनि शान्तिपूर्ण रहेको र अब पनि शान्तिपूर्ण नै रहने प्रष्ट पारेका छन् । हिंसात्मक गतिविधिमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन उनले आग्रह गरेका छन् । उनले राजनीतिक दलहरूलाई अहिले षड्यन्त्र गर्ने र गराउने समय नरहेको पनि चेतावनी दिएका छन् । अब जनता जागिसकेको उल्लेख गर्दै उनले आफूहरुलाई फुटाउने कुनै प्रयास नगर्ने भनेका छन् ।

‘हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौं। हाम्रो नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भडकाइँदैछ। त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्नेछ। हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछ । त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौं,’– उनले भनेका छन् ।