काठमाडौं, २२ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले सकुन्जेल पार्टी नेतृत्व नछाड्ने बताएका छन् । एमाले जिल्ला अध्यक्षहरुका लागि आयोजना गरिएको भर्चुअल बैठकमा ओलीले तत्काल नेतृत्व नछाड्ने बताएका हुन् । एक जिल्ला अध्यक्षका अनुसार ओलीले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामर्थ्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने बताएका छन् ।
अध्यक्ष ओलीले सक्रियता, इमान र विचारको हिसाबले पार्टीको शीर कहिल्यै पनि निहुरिन नदिने पनि बताए । उनले शारीरिकरूपमा सक्षम रहँदासम्म अडान र नेतृत्व नछाड्ने सुनाए । उनले भने, ‘जबसम्म म सक्छु, तबसम्म । सक्न छाडेपछि नेतृत्व छोडिदिन्छु ।’
जेन–जी विद्रोहका कारण सत्ताच्युत भएका ओलीले सचिवालय र केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूलाई सम्बोधन गरेका हुन् । सत्ताच्युत भएपछि ओली गुण्डुमा बस्दै आएका छन् । File Photo/RN




प्रतिक्रिया