काठमाडौं, २३ असोज । अविरल वर्षाको कारण इलाममा ठूलो जनधनको क्षति भएको छ । केन्द्र सरकारका मन्त्रीहरु अहिलेसम्म पुगेका छैनन् । तर, नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल भने राहत सामाग्री बोकेर इलाम पुगेको छ ।
अध्यक्ष क्षितिज थेवेको नेतृत्वमा पुगेको युवा संघको टोलीले इलामको माइ नगरपालिकामा राहत वितरण गरेको हो । सो जिल्लाको अतिप्रभावित माइ नगरपालिका–७ चेप्टी गाउँमा खाद्यान्न र लत्ताकपडासहितका सामाग्री वितरण गरिएको हो ।
युवा संघले जनाएअनुसार प्रभावित परिवारलाई प्रतिपरिवार एक बोरा चामल, खाने तेल दुई लिटर, नुन, मरमसला, पिभीसी, म्याट लत्ताकपडा, ब्ल्यांकेट, डस्ना, जुत्ता चप्पल वितरण गरिएको छ।








प्रतिक्रिया