काठमाडौं, २३ असोज । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले जेनजीहरुलाई विश्व इतिहासमा श्रमिकहरुको पहिलो सरकार विभत्स ढंगले ७२ दिनमै ढलेको सम्झाएका छन् ।
श्रमिकहरुको सरकार ७२ दिनमा नै ढल्नुको कारण पनि उनले साझा गरेका छन् । त्यो सरकार ढल्नुको मुख्य कारणमा अनुभवको कमी, पूरानो सत्ताको बलियो संयन्त्र र पूरानो शक्तिलाइृ सत्ता गुमेको चरम पीडालाई पहिलो कारणमा छन् ।
यस्तै, दोस्रो कारणमा आन्तरिक कलहले नेतृत्व विभाजित हुँदा मुख्य काममा केन्द्रित हुन नसक्नुपनि अर्को कारण उनले उल्लेख गरेका छन् । यस्तै, तेस्रो कारणमा भने प्रतिशोधपूर्ण सोचाइृ भयो तर राष्ट्रिय एकतामा ध्यान नपुगेको बताएका छन् ।
उनले लेखेका छन्–
जेनजीले बुझ्नु पर्ने कुरा ।
विश्व इतिहासमा श्रमिकहरुको पहिलो सरकार विभत्स ढंगले ७२ दिनमै ढलेको थियो ।
मुख्य कारणहरु
१। अनुभवको कमी, पुरानो सत्ताको बलियो संयन्त्र, पुरानो शक्तिलाई सत्ता गुमेको चरम पीडा ।
२। आन्तरिक कलहले नेतृत्व विभाजित हुँदा मुख्य काममा केन्द्रित हुन नसक्नु ।
३। प्रतिशोधपूर्ण सोचाइ भयो तर राष्ट्रिय एकतामा ध्यान पुगेन ।
परिणाम स्वरुप ७२ दिनमा श्रमिकहरुको सरकार ढल्यो र हजारौं श्रमिकहरुलाई फासीमा झुण्डाएर मृत्युदण्ड दिइयो । हजारौंलाई जेल हालियो र कतिलाई देश निकाला गरिएको थियो ।
घटना स् २८ मे १८७१ फ्रान्सको पेरिस ।




प्रतिक्रिया