सार्पसुटरमार्फत जेन–जीहरुको हत्या गरिएको महेश बस्नेतको दाबी, ‘बालेन शाह र सुदन मुख्यपात्र’


काठमाडौं, २३ असोज । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले गत भदौ २३ गतेको जेन–जी आन्दोलनका सार्पसुटर प्रयोग गरिएको दाबी गरेका छन् । आज (बिहीबार) गुण्डुमा आयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशीका खेताला र गोठालाहरुले सार्पसुटर ल्याएर कलिला भाइ–बहिनीहरुको हत्या गरिएको बताएका हुन् । हत्याको मुख्य पात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुदन गुरुङ रहेको उनको आरोप छ ।

‘गत २३ गते १९ जना युवाहरुको हत्या भयो । कुनै नेपालको कानूनले प्रधानमन्त्रीले आदेश दिन्छ ? दिँदैन । आदेश कसले दिएको हो ? हाम्रो अध्यक्षले आदेश दिएको छ भने प्रमाण ल्याउनुस् । हामी छलफल गर्न तयार छौं । होइन भने विदेशीका खेताला, गोठाला भएर सार्पसुटर ल्याएर हाम्रा कलिला भाइ–बहिनीहरुको हत्या गरिएको छ । त्यसको छानविन होस् । हत्याको मुख्यपात्र विदेशी दलाल बालेन शाह हो, सुदन गुरुङ हो । छानविन त्यहाँबाट सुरु हुनुपर्छ,’– उनले भने ।

बालेन र सुदनविरुद्ध एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले जाहेरी हालिसकेको पनि उनले बताए ।