एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बेलामा पार्टीभित्र पूनर्गठनको बहस उठाउनु असान्दर्भिक : ढकाल


काठमाडौं, २३ असोज । नेकपा (एमाले) का नेता भानुभक्त ढकालले अहिले पार्टी पूनर्गठनको बहस हुनु गलत भएको टिप्पणी गरेका छन् । उनले एमालेमाथि चौतर्फी आक्रमण भइरहेका बेला पार्टीभित्र पुनर्गठनको बहस उठाउनु असान्दर्भिक भएको बताए ।

आज (बिहीबार) पार्टीको भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ढकालले एमालेमा नेतृत्वको गठन र पुनर्गठन भइरहने भएकोले यसको पनि उचित फोरमबाट निकास निकालिने बताए ।

उनले भने,‘एमालेमा नेतृत्वको गठन र पुनर्गठन स्वभाविक हो । यो हुन्छ नै तर अहिले बैरीले आक्रमण गरेका बेला एकता चाहिन्छ’ ढकालले भने, ‘यस्तो विषय पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटीले किनारा लगाउन सक्छ । तर अहिले पार्टी भित्र एकताको खाँचो छ ।’ उनले हरेक षड्यन्त्रविरुद्ध लड्नको लागि पार्टी पँक्तिलाई एक ढिक्का हुन निर्देशन दिएका छन् । file photo