गगनले अघि सारे नियमित महाधिवेशनको प्रस्ताव


काठमाडौं, २३ असोज । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । जेनजी आन्दोलनको क्रममा आगजानी र तोडफोडमा परेको पार्टी मुख्यालय सानेपामा नै बसेको पदाधिकारी बैठकमा महामन्त्री गगनकुमार थापाले पार्टीको नियमित महाधिवेशन मंसिरमै गरिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

यसअघि थापाको अगुवाईमा विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गरिएको चर्चा थियो । थापाको पहलमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइरालाको पनि साथ थियो ।

आजको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकको अध्यक्षता भने उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् । सभापति शेरबहादुर देउवा बैठकमा सहभागी छैनन् । उनी जेनजी आन्दालनको क्रममा भदौ २४ गते कुटपिटबाट सख्त घाइते भएका थिए । अहिले भाडाको घरमा आराम गरिरहेका छ्न । file photo