काठमाडौं, असोज २४ । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । अहिले बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा बस्ने बैठकमा जेनजी विद्रोह र त्यसपछि विकसित राजनीतिक परिस्थित, सरकारले घोषणा गरेको निर्वाचन, आसन्न केन्द्रीय कमिटीको कार्यसूची र एजेण्डा लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि आइतबारका लागि तय गरिएको पार्टीको ५८औँ सचिवालय बैठक अविरल वर्षासँगै बाढी पहिरो र डुबानका कारण आजका लागि सारिएको थियो । आजको बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्नेछ । यसअघि, असोज १२ गते सचिवालय बैठक बसेको थियो ।




प्रतिक्रिया