सप्तरीको रुपनीमा भीषण आगलागी, छ घर जलेर नष्ट


काठमाडौं, असोज २४ । सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा गएराति भीषण आगलागी हुँदा छ घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । बिजुली सर्ट भएर भएको आगलागीमा एक व्यक्ति घाइते भएका छन् ।

बिहीबार राति करिब १० बजे ललित यादवको घरमा जडान गरिएको बिजुली मिटरको तार सर्ट भई आगलागी भएको थियो । आगो तीव्र गतिमा फैलिँदै ललित यादवका छोराहरू र छोरीको घरसमेत जलेर नष्ट भएका छन् ।

स्थानीयवासी, इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र कञ्चनरुप नगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा ल्याइएको छ । आगो निभाउने क्रममा २८ वर्षीय श्यामसुन्दर यादवको ढाड र हातमा आगोले पोलिएर घाइते भएका छन् । उनको मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचार जारी रहेको जनाइएको छ ।