काठमाडौं, असोज २४ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज अपरान्ह छलफल गर्ने भएका छन् ।
राष्ट्रपति पौडेलले अपराह्न ४ बजे सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् । छलफल शीतलनिवासमै हुनेछ । यसअघि बिहीबार पनि प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल र सञ्चारमन्त्री जगदीश खरेलको राष्ट्रपति पौडेलसँग भेटवार्ता भएको थियो ।
सरकारले फागुन २१ का निम्ति निर्वाचन गर्नेगरी तयारी जारी राखेका बेला त्यसलाई सफल बनाउनका लागि छलफल गर्न लागिएको जनाइएको छ । तोकिएकै समयमा निर्वाचन गराउनेबारे निर्वाचन आयोगले समेत विहिबार राष्ट्रपतिलाई ब्रिफिङ गरिसकेको छ ।




प्रतिक्रिया