सुशीला कार्की नेतृत्वको सरकार आईएनजीओ र डिपस्टेटको सरकार हो, आँखा फुटेको गोरुले मात्रै यो कुरा देख्दैनः प्रेम कैदी (भिडिओसहित)


काठमाडौं, २४ असोज । वरिष्ठ पत्रकार एवं सामाजिक अभियन्ता प्रेम कैदीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई आईएनजीओ र डिपस्टेटको सरकारको संज्ञा दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारमा समता फाउन्डेशन, बारबरा फाउन्डेशन र डिपस्टेटका मान्छेहरु रहेको बताएका हुन् । उनले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई एसीवाईपीलबाट सञ्चालित रहेको आरोप लगाए ।

‘आज कुन एनजीओका मन्त्री भए ? बारबरा फाउन्डेशनका छन्, समता फाउन्डेनका छन् । सबै डिपस्टेटका मान्छेहरु छन् । एसीवाईपीलबाट सञ्चालित बालेन भनेर आइराखेको छ । बालेनको कानूनी सल्लाहकारलाई उसले मन्त्री बनाएको छ । यो आईएनजीओ र डिपस्टेटको सरकार हो भनेर अहिले जताततै आइरहेको छ । आँखा फुटेको गोरुले मात्रै यो कुरा देख्दैन,’– उनले भने ।

साथै, प्रधानमन्त्री कार्की नेतृत्वको सरकार अवैधानिक रुपमा बनेको उनको जिकिर छ । वर्तमान सरकारलाई यो संविधानको कुनै पनि धाराले समर्थन नगरेको र संविधानले नचिन्ने उनले बताए । ‘अवैधानिक रुपमा बनेको सरकार । नेपालको संविधानको कुनै पनि धाराले समर्थन नगरेको सरकार । यो सरकारलाई अहिलेको संविधानले चिन्दैन । या संविधान खारेज गर्नुपर्थ्यो, नभए संविधानको धाराअनुसार चल्नुपर्थ्यो । दुईवटै भएको छैन,’– उनले भने । File Photo/RN