प्रधानमन्त्रीसमक्ष रिमा विश्वकर्माको माग : पहिला ती अवोध विद्यार्थीका हत्यारालाई कारबाही गरियोस


काठमाडौं, २४ असोज । नायिका रिमा विश्वकर्माले जेन–जी आन्दोलनको क्रममा अवोध विद्यार्थीलाई हत्या गर्नेहरुलाई कारबाही गर्न प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग गरेकी छिन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले देश निर्माण मिलेर गर्ने भएपनि पहिला अवोध विद्यार्थीका हत्यारालाई कारबाही गरिनुपर्ने माग गरेकी हुन् ।

उनले भ्रष्टाचारको पनि भण्डाफोर गरिनुपर्ने भनेकी छिन् । उनले प्रधानमन्त्री कार्की भएको कारण न्यायको झिनो आश अझै बाँकी रहेको उल्लेख गरेकी छिन् ।