काठमाडौं, २४ असोज । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई पार्टीको प्रमुख वा अध्यक्ष नै भइराख्नुपर्छ भन्ने नरहेको बताएका छन् । आज (शुक्रबार) सम्पादकहरुसँग साक्षत्कार गर्दै उनले आफ्नो नेचर पलायन हुने, रिटायर्ड लाइफ बिताउने र निष्क्रिय बस्ने नरहेको पनि आफू नै प्रमुख बन्नुपर्छ भन्ने पक्षमा नरहेको बताएका हुन् ।
‘मेरो नेचर निष्क्रिय बस्ने, पलायन हुने, रिटायर्ड लाइफ बिताउने त मेरो हुँदैन । मेरो नेचरले पनि दिँदैन, इतिहासको आवश्यकताले पनि दिँदैन । अध्यक्ष पद, पार्टीको प्रमुख भइनै राख्नुपर्छ भन्नेमा अब म छैन । एउटा निश्चित प्रक्रियाभित्रबाबट नयाँ नेतृत्व निर्माण गर्ने र पुरानो नेतृत्वले भिन्न भूमिकामा गएर निकास दिनुपर्छ भनेर पार्टीलाई विशेष महाधिवेशनको बाटोतर्फ लगिएको उनले बताए,’– उनले भने ।
साथै, उनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अब निर्वाचनतिर नै लाग्नुपर्ने बताए । घोषित मितिमा स्वच्छ, निश्पक्ष र धाँधलीरहित निर्वाचन होस् भन्ने माओवादीको चाहना रहेको उनले बताए । माओवादीका केही रिजर्भेशन भएपनि अहिलेको आवश्यकता निर्वाचनमा सहभागी हुने, निर्वाचनको वातारण बनाउने नै रहेको उनले बताए ।
प्रचण्डले अहिले राष्ट्र धेरै ठूलो संकटमा रहेकाले देशलाई माया गर्ने सबै राष्ट्रवादी शक्तिहरु, लोकतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने आवश्यकता औंल्याए । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले फेरि पनि अकंकार नै प्रस्तुत गर्ने र आफ्ना कमीकमजोरी स्वीकार गर्न हिचकिचाउने हो भने देश अझ ठूलो दुर्घटनामा जानसक्ने खतरा रहेको बताए ।




प्रतिक्रिया