काठमाडौं, असोज २५ । नेकपा (एमाले) को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा अहिले बिहान ११ बजे बस्न लागेको हो ।
शुक्रबार सुरु भएको बैठकमा राष्ट्रिय एकता कायम गर्न, दलहरूबीच सहकार्य गरेर देशलाई एकताको दिशामा अघि बढाउने, पार्टीको एकतालाई सुदृढ गर्नुपर्ने, नेतृत्व हस्तान्तरणबारे छलफल भएको छ । बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे समीक्षा गरिएको छ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकमा अन्तरिम सरकारको कार्यशैली र पार्टीको आगामी रणनीतिबारे समेत छलफल भएको छ । आजको बैठकमा महाधिवेशनको मिति तोक्नेबारे छलफल हुने जनाइएको छ ।




प्रतिक्रिया