काठमाडौं, २५ असोज । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले युवा संघको जनउत्साह देखेर गृह मन्त्रालय तर्सिएको दाबी गरेका छन् । आज शनिबार गर्ने भनिएको मोटरसाइकल र्यालीको भव्यता र जनउत्साहदेखि तर्सिएर गृह मन्त्रालयले र्याली रोक्न निर्देशन दिएको बस्नेतको दाबी छ ।
तर, पहिलो चरणमा युवा संघले २४ घण्टाको अल्टिमेटम दिएर सरकारी निर्देशनको सम्मान गरेको भएपनि अब पनि र्याली गर्ने वातावरण नबनाए प्रतिवाद गने चेतावनी दिएका छन् । उनले सरकारलाई हेक्का राख्न भन्दै फेशबुकमार्फत नयाँ चूनौति पेश गरेका छन् ।
बस्नेतले फेशबुकमा लेखेका छन्–
राष्ट्रिय युवा संघ नेपालले गर्ने भनिएको मोटरसाइकल र्यालीको भव्यता र जनउत्साहदेखि तर्सिएर गृहमन्त्रालयले र्याली रोक्न निर्देशन जारी गरेको छ। पहिलो चरणमा संगठनले २४ घण्टाको अल्टिमेटम दिंदै सरकारी निर्देशनको सम्मान गरेको छ। तर २४ घण्टा पछाडि पनि र्याली गर्न वातावरण नबनाइए। र्याली रोक्ने जुनसुकै प्रयत्न भयो भने त्यसको प्रतिवाद हुनेछ। सरकारले यो कुरा हेक्का राखोस्। राष्ट्रियता, लोकतन्त्र र संविधानको पक्षमा उठेको आवाज दबाएर शान्ति सम्भव छैन।




प्रतिक्रिया