काठमाडौं, २५ असोज । मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल आज विहान अस्पताल भर्ना भएका थिए । राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको बताइएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रत्नमणि गजुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्यमा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ । हाल सम्माननीयज्यूको स्वास्थ्य परीक्षण भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँछौं ।’




प्रतिक्रिया