काठमाडौं, २५ असोज । प्राइम टिभीका अध्यक्ष तथा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला पहिरोबाट ठूलो क्षति व्यहोरेको इलामको माईखोलाको स्थलगत निरीक्षणको लागि पुगेका छन् । संयोग कस्तो छ भने संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङपनि आज इलाम पुगेका छन् ।
अविरल वर्षाको कारण ठूलो जनधनको क्षति व्यहोरेको इलाममा धेरै ढिला गरी केन्द्र सरकारको प्रतिनिधित्व आज इलाम पुगेको हो । स्थानीयहरुले अहिले इलामको अवस्था चिन्ताजनक रहेको गुनासो पोखेका छन् । विरामीहरुको उपचारको लागि नेपाली सेनाले सहयोग गरेको युवाहरुको प्रतिक्रिया छ ।
फिल्डमा भेटिएका मन्त्री कुलमानले अहिले अस्थायी प्रवन्धको व्यवस्था गरिएको र छिट्टै दिर्घकालिन रुपमा के गर्ने भन्ने तयारी गरिएको सुनाए । तत्कालको लागि पूरानै ट्रयाक सुचारु गरिने उनको प्रतिक्रिया छ । स्थानीय र प्रदेश सरकार सक्रियतापूर्वक राहत र पूनःस्थापनाको लागि काम गरेको आफूले पाएको उनले जनाए । पहिरोबाट प्रभावित परिवारहरु अस्थायी टेन्टमा बसिरहेका छन् । सो दृश्यपनि धमलाले प्रत्यक्ष प्रसारणमा देखाएका छन् ।




प्रतिक्रिया