काठमाडौं, २७ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति एवं माओवादी केन्द्रका नेता नन्दबहादुर पुन ‘पासाङ’ माथि अनुसन्धान थालेको छ । सिआईबी स्रोतका अनुसार तस्करीको सुन भित्र्याउनका लागि उनले शक्तिको दुरुपयोग गरेको आरोप छ ।
पुनका छोरा दिपेशमाथि यसअघि पनि सुन तस्करीको आरोपमा अनुसन्धानमा तानिएका थिए । सीआईबीले पासाङसँगै उनका जेठा छोरा जितेन्द्र र उपराष्ट्रपति हुँदाका सल्लाहकार जीवन गुरुङमाथि पनि अनुसन्धान अगाडि बढाएको बताइएको छ ।
सुन तस्करी प्रकरणमा सीआईबीले हिजो (आइतबार) माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिसकेको छ ।




प्रतिक्रिया