काठमाडौं, असोज २७ । जनमत पार्टीका पूर्ववरिष्ठ उपाध्यक्ष अब्दुल खानले मधेशवादी दलमा पार्टी फुटाउने राजनीतिक संस्कार हावी रहेको बताएका छन् । डा.सिके राउत नेतृत्वको जनमत पार्टी फुटाएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको विषयमा बोल्दै उनले मधेशवादी दलमा पार्टी फुटाउने, पार्टीलाई आधात पु¥याउने र जनतामाथी कुठाराघात गर्ने पुरानै गलत राजनीतिक संस्कार रहेको बताए ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले पार्टी विभाजनमा आफ्नो कुनै भूमिका नरहेको दाबी गर्दै आफू जनमत पार्टीको शुभचिन्तक रहेकाले पार्टी फुटाउने घ्रणित कार्यमा कुनै भूमिका नरहेको उनले प्रष्टपारे ।
उनले भने, “जनमत फुटाउनुमा मेरो भूमिका छैन् । केही साथीहरुको विचार नमिलेपछि पार्टी फुट्यो होला । तर, यो पार्टी फुटाउने, जुटाउने कार्य गलत राजनीतिक संसार हो । विचार, विधि, विधान र कार्यशैली मन नपरेर पार्टी छोड्नु छुट्टै कुरा भएपनि पार्टी नै फुटाउने, पार्टीलाई आधात पु¥याउने र जनतामाथी कुठारधात गर्ने राजनीतिक संस्कार गलत छ । यो प्रवृती मधेशवादी दलमा पहिलेदेखि हावी देखिन्छ ।’
पार्टीका वरिष्ठ उपाध्यक्षको नेतृत्वमा ६ केन्द्रीय सदस्यले राजीनामा दिएको करिब एक महिनापछि उपाध्यक्षको नेतृत्वमा तेस्रो पक्षले नयाँ पार्टी दर्ता प्रक्रिया अघि बढाएको विषयमा बोल्दै नेता खानले पार्टीबाट अलग भएपछि नयाँ विचार र परिवर्तनसहित जुन पार्टी युवा नेतृत्वसहित जनतामाझ जान्छ आफूले उसैलाई सहयोग गर्ने बताए ।
प्रमुख राजनीतिक दलका शिर्ष नेताका कारण देशको भविश्य अन्यौल अवस्थामा पुगेको उनको भनाई छ । प्रमुख राजनीतिक दलका शिर्ष नेतामा देखिएको तानाशाही प्रवृतीकै कारण देशको वर्तमान र भविश्य अन्यौल अवस्थामा पुगेको उनले बताए ।




प्रतिक्रिया