जेन-जी आन्दोलन अघि प्रचण्डको घरबाट दुई ट्रक पैसा लगिएको दाबी गर्ने पूर्व एआईजी सुवेदीविरुद्ध उजुरी


काठमाडौं, २७ असोज । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरबाट जेन–जी आन्दोलन अघि दुई ट्रक पैसा लगिएको दाबी गर्ने नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध उजुरी दर्ता भएको छ । प्रचण्डको सचिवालयले सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको हो ।

प्रचण्डको निवास जलाइनुभन्दा दुई दिन पहिला दुई वटा ट्रकमा दुई करोड पैसा अन्त कतै लगेर लुकाएको पूर्व एआईजी सुवेदीको आरोप थियो । झुठ्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराएर चरित्रहत्यासमेत गरिएको भन्दै सुवेदीविरुद्ध उजुरी परेको छ । उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत रहेको भन्दै आवश्यक कानूनी कारबाहीको माग गरिएको छ ।