आईपियूको सम्मेलनमा भाग लिन जेनेभा जाँदै अध्यक्ष दाहाल


काठमाडौं, २७ असोज । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल जेनेभा जाने भएका छन् ।

अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ औं सम्मेलनमा भाग लिनको लागि अध्यक्ष दाहाल नेपाली प्रतिनिधिहरुको नेतृत्व गरेर त्यसतर्फ जान लागेका हुन् ।

आफ्नो जेनेभा भ्रमणबारे अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग हिजो छलफलसमेत गरिसकेका छन् । दाहालको सचिवालयले जनाएअनुसार उनी यही असोज ३१ गते जेनेभा जाने भएका हुन् । file photo/RSS