नेकपा (एकीकृत समाजवादी) को बैठक लगातार बोलाईयो


काठमाडौं, २७ असोज । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले निरन्तर पार्टी कमिटीका बैठक राखेको छ । यो बीचमा सचिवालय बैठक राखेको एकीकृत समाजवादीले असोज २९ गते र असोज ३० गते क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राखेको छ ।

असोज २९ गते स्थायी कमिटी बैठक राखिएको छ भने असोज ३० गते भने भर्चुअल रुपमा बस्नेगरि केन्द्रीय कमिटी बैठक राखिएके छ । बैठकले माओवादी केन्द्रलगायतका वामपन्थी घटकहरुसँगको एकतालाई जोड दिने बताईएको छ । file photo