टोखामा २५ करोडसहित टोखाबाट पक्राउ परेका सिन्धुपाल्चोकका कुसाङ लामा कारागारबाट फरार भएको खुलासा


काठमाडौं, २७ असोज । काठमाडौंको टोखाबाट २५ करोडसहित पक्राउ परेका कुसाङ लामा कारागारबाट भागेको खुलेको छ । उनी ट्रक चालक हुन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका लामा जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सुन्धारामा रहेको केन्द्रीय कारागारबाट भागेका हुन् ।

त्यही कारागारबाट भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझीपनि भागेका थिए । रायमाझीहरु पूनः कारागार फर्किएका छन् । तर, लामा भने एक महिना बितिसक्दापनि कारागारा फर्किएका छैनन् ।

कारागार नफर्किएकाहरुलाई कडा सजायको व्यवस्थाको लागि प्रहरी प्रशासनले सरकारसमक्ष नयाँ कानूनी व्यवस्थाको लागि अध्यादेशको माग गरिएको चर्चा छ ।