काठमाडौं, २७ असोज । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं काठमाडौं ओर्लिएलगत्तै भगवान पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगेका छन् । उनले यसअघि नै विहान सामूहिक पूजाको लागि आज पशुपतिनाथ जाने भनेर घोषणा गरेका थिए । उनी साताव्यापी भारत भ्रमण सकेर आज काठमाडौं ओर्लिएका हुन् ।
काठमाडौं एयरपोर्टमा उनले राजा नल्याईकन देशको अस्वित्व नबच्ने दाबी गरेका थिए । उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार अब नटिक्ने दाबी गरेका थिए । उनले नेपाललाई हिन्दु अधिराज्य घोषणा गराएरै छाड्ने उद्घोष गरेका छन् ।
एयरपोर्टमा उनले भने,“यो देशलाई हिन्दु राष्ट्र घोषणा गराएरै छाड्छु, आज एउटा घोषणा गर्दैछौं, पशुपतिमा पूजा सकेर सडक सरकारको घोषणा हुनेछ, विस्तृत विवरण त्यहीँ थाहा पाउनुहुनेछ।”




प्रतिक्रिया