ऋषि धमलाको उद्घोष : अब देशमा विकासको सुरुवात कर्णालीबाट गरिनुपर्छ (भिडिओ सहित)


काठमाडौं, २७ असोज । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले कर्णालीबाट नै विकासको मूल फुटाउनुपर्ने बताएका छन् । उनले भने,‘कर्णाली यो देश र नेपाली जनताको ढुकढुकी हो । कर्णाली सम्भावना भएको ठाउँ हो । कर्णाली जुर्मुरायो र तातियो भने देशमा आमूल परिवर्तन हुन्छ ।’

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा कर्णाली जेनजीहरुले गरेको विशेष पत्रकार सम्मेलनमा बोल्दै धमलाले कर्णालीबाट नै क्रान्तिको सुरुवात गरिनुपर्ने उद्घोष गरे । उनले अब देशमा भ्रष्टाचारीलाई कारबाही कर्णालीबाट नै गर्नुपर्ने घोषणा गरे ।

धमलाले कर्णालीबाट नै यो देशको विकासको सुरुवात गरिनुपर्ने बताए । आफूसँग कर्णालीलाई समृद्ध बनाउने सपना रहेको उनको दाबी छ ।