सुरक्षा परिषद्को बैठक सम्पन्न


काठमाडौं, २७ असोज । सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । प्रधानन्त्री सुशीला कार्कीले आज अपरान्ह परिषद्को बैठक बोलाएकी थिईन् । बैठकमा वर्तमान सुरक्षा अवस्थाको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा बसेको हो । बैठकमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, उर्जामन्त्री कुलमान घिसिङ, प्रधान सेनापति अशोकराज सिग्देल, मुख्यसचिव एकनारायण अर्याललगायतको सहभागिता थियो ।