माओवादी केन्द्रनिकट युवाद्वारा ‘जेन-जी रेड फोर्स’ गठन


काठमाडौं, २७ असोज । नेकपा (माओवादी केन्द्र) निकट युवाहरुले ‘जेनजी रेड फोर्स’ गठन गरेका छन् । पार्टीनिकट अनेरास्ववियु (क्रान्तिकारी) की केन्द्रीय सदस्यसमेत रहेकी स्मृति तिमिल्सिनाको संयोजकत्वमा रेड फोर्स गठन गरिएको हो ।

१४ देखि २९ वर्ष उमेर समूहले नेतृत्व गर्नेगरी फोर्स गठन गरिएको संयोजक मिमिल्सिनाले बताईन् । जेनजी रेड फोर्सले अहिलेसम्म ४० जिल्लामा संयोजक तोकेको छ । फोर्स आगामी तिहारलगत्तै एक्सनमा उत्रिने संयोजक तिमिल्सिनाले बताईन् ।