हमासले विपिन जोशीसहित चार जना बन्धकको शव इजरायललाई बुझाउने


काठमाडौं, २७ असोज । हमासले विपिन जोशीको शव इजरायललाई आजै बुझाउने भएको छ । हमासे जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो । यसअघि जोशी जिवित नभएको कुरा इजरायली सेनाले इजरायलमा रहेको नेपाली दूतावास र जोशीको परिवारलाई जानकारी गराएको थियो ।

आज साँझ हमासले विपिन जोशीसहित इ इलौज, योस्सी शराबी, रडानियल पेरेत्सको शव इजरायललाई बुझाउने भएको हो । इजरायलको तर्फबाट ती चारै जनाको शव रेडक्रसले बुझ्ने जनाईएको छ ।