काठमाडौं, असोज २८ । नेपाली कांग्रेसका नेता उमेशजङ्ग रायमाझीले जेनजी आन्दोलनपछि देश तालिवान सरकार जस्तै भएको बताएका छन् । गत भदौ २३ गते र २४ गते भएको जेनजी आन्दोलनले गरेको सत्ता परिवर्तनपछि देश र समाजमा बढेको अराजकता र दण्डहीनताले देशलाई तालिवान जस्तो बनाएको उनले बताए ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले जेलबाट फरार रहेका अपराधी, लुटिएका हतियार र विभिन्न देशले नेपालमाथी लगाएको यात्रा प्रतिबन्धका कारण देशको अवस्था तालिवान सरकार जस्तो बनेको आरोप लगाए ।
उनले भने, ‘संविधान घाइते भएको वर्तमान अवस्थामा निर्वाचनको विकल्प छैन् । अत्याधुनिक हतियार र विभिन्न अपराधमा कैद सजाय काटिरहेका व्यक्तिहरु जेलबाहिर हुँदा शान्ति सुरक्षामा असर पुगेको छ । विभिन्न देशले नेपालमा यात्रा प्रतिबन्ध लगायका छन भने नेपालीलाई दिदै आएको भिसा बन्द भएको छ । अहिले देश अपधारीले खुला हिड्न मिल्ने, हतियार नै हतियार भएको मुलुक जस्तो भएकाले देश तालिवान भन्दा फरक अवस्था देखिदैन् । देशले सुशासन र भ्रष्ट्राचार मुक्त समाजको आवश्यकता खोजेकाले निर्वाचनबाटै देशलाई ट्रयाकमा ल्याउन हामीले सहयोग गर्नुपर्छ ।’
जेन-जी आन्दोलनले प्रतिनिधि सभा विघटन भएपनि घाइते अवस्थामा रहेको संविधान र वडादेखि राष्ट्रपतिसम्मका कार्यालय सुरक्षित रहेकाले वर्तमान सरकारले तोकेको निर्वाचनलाई सफल पारेर देशलाई मुलधारमा ल्याउन लाग्नुपर्ने उनले बताए ।
उनले भने, ‘प्रतिनिधि सभा विघटन भएको हो । राष्ट्रिय सभा हामीसँग छदैछ । सर्वाेच्व अदालतको भवन र मिसील जल्दैमा न्यायपालिका प्रणाली जल्दैन् । व्यवस्थापिका, कार्यकालिका र न्यायपालिका जिवितै रहेको अवस्थामा तोकिएकै समयमा निर्वाचन गरेर देशमा शुसासन फिर्ता ल्याउनुपर्छ ।’
नेता राममाझिले पार्टीको नियमित महाधिवेशन पनि मंसिरमै हुनुपर्ने बताएका छन् । नियमित महाधिवेशनमा जेन-जी पुस्ता र युवा, विद्यार्थी लगायत नयाँ सदस्यलाई सहमागीता गराउन सकिने भएकाले विशेष महाधिवेशन भन्दा नियमित महाधिवेशनमा पार्टीले जोड दिनुपर्ने उनको भनाई छ ।
सभापति शेरबहादुर देउवा नेतृत्व हस्तान्तणरको लागि तयार रहेको बताउँदै उनले देशमा प्रजातन्त्रदेखि लोकतन्त्रको स्थापनासम्म देउवाले विभिन्न कालखण्डमा गरेको योगदान अनुसार पार्टीबाट सम्माजनक बिदाई गर्नुपर्ने धारणा राखे । कांग्रेसको विधान अनुसार पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्वबहादुर खड्काले लिने उनको भनाई छ ।




प्रतिक्रिया