काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालगायतका नेताहरुसँग छलफल गर्ने भएका छन् । आफू बसेको निवासमा अहिले पदाधिकारीसँग देउवाले गम्भीर छलफल गर्ने बताईएको छ ।
महामन्त्री थापाले पार्टीको विशेष महाधिवेशनको लागि हस्ताक्षर अभियान चलाएका थिए । सभापति देउवा आज एक महिनाभन्दा धेरै समयपछि सार्वजनिक हुँदैछन् ।
आजबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकले पार्टीको महाधिवेशनबारे निर्णय लिने भनिएको छ । अहिले सभापति देउवाले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने आवश्यकता औंल्याएका छन् । उनले आगामी महाधिवेशनसम्म कार्यवाहक दिएर जाने चर्चा छ ।




प्रतिक्रिया